विश्व

संसारकै नेताहरुमध्येको रेटिङमा भारतीय प्रधानमन्त्री मोदी शिर्ष स्थानमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुको मूल्यांकन रेटिङमा शीर्ष स्थानमा परेका छन् ।

मर्निङ कन्सल्ट पोलिटिकल इन्टेलिजेन्सले बिहिबार सार्वजनिक गरेको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ्स’मा मोदी शीर्ष स्थानमा परेका हुन् । सन् २०२२ जनवरी १३ देखि १९ सम्मको तथ्यांकको आधारमा मर्निङ कन्सल्टले रेटिङ दिएको थियो ।

रेटिङमा भारतीय मोदीले ७१ प्रतिशत अप्रुभल भोटिङ प्राप्त गरेर ५० प्रतिशत रेटिङ प्राप्त गरेका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो मोदीभन्दा पछि परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *