काठमाडौं । रुसले युक्रेनको छिमेकी मुलुक बेलारुसमा रुसी सैनिक पठाउन सुरु गरेको छ । युक्रनेको सीमानजिकै संयुक्त सैन्य अभ्यास गर्न रुसी सैनिक बेलारुस पठाउन सुरु गरेको हो ।
बेलारुसका सरकारी अधिकारीहरुले समेत रुसी सैनिक हातहतियारसहित बेलारुस पुगेको स्पष्ट परेका छन् । यता बेलायतले भने युक्रेनको रक्षा गर्ने भन्दै सर्ट रेन्ज मिसाइल र आत्मरक्षाका लागि हातहतियारहरु युक्रेन पठाइरहेको छ ।
बेलायतले युक्रेनी सैनिकलाई तालिम दिन बेलायती सैनिकको समूह युक्रेन पठाउने तयारीसमेत भइरहेको बताएको छ ।




