काठमाडौं । चिनियाँ विज्ञले कोरोना महामारी यस वर्षको अन्त्यसम्ममा समाप्त हुने दाबी गरेका छन् ।
चिनिया सञ्चार माध्यमका अनुसार चर्चित चिकित्सक एवम् संक्रामक रोग विशेषज्ञ झाङ वेन्होङले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको अन्त्य हुने दाबी गरेका हुन् ।
हालसम्मको अध्ययनले ओमिक्रोन भेरियन्टपछि अब अन्य भेरियन्ट आउने सम्भावना नदेखिएको भन्दै उनले सन् २०२२ को अन्त्यसम्ममा संसारबाट कोरोना अन्त्य हुनेमा विश्वस्त रहेको बताएका हुन् ।




