विश्व

जापानले जारी गरेको सुनामीको चेतावनी रद्द


एएनआइ । प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्र्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।     

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।    

सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्ने आदेश जारी गरिएको थियो ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *