विश्व

इन्डोनेसियामा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठुलो क्षति

काठमाडौं। इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ ।

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको त्यहाँको सरकारले जनाएको छ । इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६।६ म्याग्नीच्युडको भूकम्प आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *