काठमाडौं । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले पहिलो पटक बजेट सार्वजनिक गरेको छ ।
तालिवान सरकारले सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो ।
सम्पूर्ण खर्च सरकारी संस्थाहरुबाट बेहोर्नेगरी बजेट निर्माण भएको जनाइएको छ । अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोग रहने गरेको भएपनि अहिलेको बजेटमा विेदशी सहयोगबारेमा भने उल्लेख गरिएको छैन ।




