काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणले रेकर्ड तोडेको छ ।
दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ ।
दिल्लीको स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९४ हजार १६० छ ।




