काठमाडौं । सम्पर्कविहिन बनेको ताइवानको अत्याधुनिक लडाकु विमान फेला परेको छ ।
मंगलबार सम्पर्कविहीन बनेको ताइवानको फाइटर जेट उद्धारकर्मीहरुले बुधबार फेला पारेका हुन् ।
विमान दक्षिण चीन सागर क्षेत्रबाट सम्पर्कविहीन बनेको थियो । विमानको केही भाग फेला परेको भएपनि विमान र चालकबारे भने अहिलेसम्म केही पत्ता लागेको छैन ।




