काठमाडौ. । सोमालियाको राजधानी मोगादिशुमा शक्तिशाली कार बम विस्फोट भएको छ।
मोगादिशुस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बुधबार दिउँसो भएको शक्तिशाली बम विस्फोटमा परेर कम्तीमा ८ मानिसको मृत्यु भएको हो ।
थुप्रै घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । आतंकवादी समूह अल कायदासँग जोडिएको अल शबाबले विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ।




