विश्व

हिउँमा फसेर पाकिस्तानमा २१ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा हिउँमा फसेर २१ जनाको मृत्यु भएको छ ।

उत्तरी पाकिस्तानको मुरीमा परेका हिउँमा फसेर अहिलेसम्म २१ जनाको मृत्यु भएको विविसीले समाचार लेखेको छ । करिब १ हजार सवारी साधनहरु अहिले पनि हिउँमा फसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी सेनाले भने हिउँमा फसेकाहरुको उद्धारको प्रयास गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *