काठमाडौं । काजकिस्तानमा रुसी सेना परिचालनपछि कम्तीमा ३ हजार प्रदर्शनकारी पक्राउ परेका छन् ।
रुसी सेना परिचालनपछि ३ हजारभन्दा बढी सरकार विरोधी प्रदर्शनकारी पक्राउ परेका हुन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिको विरोधका कारण अशान्त बनेको काजकस्तानमा संकटकाल लगाइएको छ ।
राष्ट्रपति कासिम जोमार्ट तोकायिभको आग्रहमा बिहीबारदेखि रुसी सेना तैनाथ भएको छ । मूल्यवृद्धिको विरोधमा सरकारविरोधी नागरिकले शुरु गरेको प्रदर्शन पछिल्ला दिनहरुमा हिंसात्मक बन्न थालेको छ ।
अहिलेसम्म १८ सुरक्षाकर्मी र दर्जनौं प्रर्दशनकारी मारिएका छन् ।




