काठमाडौं । ग्यासको मूल्यवृद्धिको विरोधमा सुरु भएको आन्दोलन सरकारविरोधी भएपछि कजाकस्तानमा अशान्ति शुरु भएको छ ।
सरकारविरोधी प्रदर्शनले राजनीतिक मुद्धामा प्रवेश गरेपछि रुसी सेना परिचालन गरिएको छ । कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेवको आग्रहमा रुसी सैनिक परिचालन गरिएको हो ।
राष्ट्रपति तोकायेवले देशभर निषेध आदेश तथा कर्फ्यू जारी गरिएको बताएका छन् ।




