काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिर्घायुको कामना गर्दै भारतका बिभिन्न शहरहरुमा पूजा भइरहेका छन् ।
भारतीय जनता पार्टीका नेताहरुका अनुसार भारतभर मोदीको दिर्घायुको कामना गर्दै हवन र पूजा भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनकारीहरूका कारण पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिएका थिए । किसानहरूको प्रदर्शनका कारण बीच बाटोमै २० मिनेट रोकिएका मोदी कार्यक्रमस्थलमा जान नपाएपछि बिच बाटोबाटै फर्किएका थिए ।
राज्य विधानसभाको चुनावी सभालाई फिरोजपुरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।




