काठमाडौं । कुनै समय कोरोना संक्रमणको केन्द्र बनेको इटलीमा फेरी संक्रमण बढ्न थालेको छ ।
रोयटर्सका अनुसार इटलीमा आइतबार ६१ हजार बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । भने १३३ जनाको मृत्यु भएको छ । इटलीमा १ हजार ३ सय कोरोना संक्रमित आइसीयुमा रहेको समाचारमा जनाइएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या समेत इटलीमा बढ्न थालेको जनाइएको छ ।




