काठमाडौं । भारतको छत्तिसगढ तेलगंनामा ६ जना माओवादी कार्यकर्ता मारिएका छन् ।
भारतीय सुरक्षाकर्मीसँगको मुडभेडमा ६ जना माओवादी कार्यकर्ता मारिएको भारतीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।
छत्तिसगढको सुक्मा जिल्लास्थित किस्तारम क्षेत्रमा सोमबार बिहान भएको दोहोरो भीडन्तमा परी माओवादी कार्यकर्ताको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चार जना महिला कार्यकर्ता र २ जना पुरुष कार्यकर्ता रहेको बताइएको छ।




