विश्व

ओमिक्रोन संक्रमण रोक्न भारतको राजधानी दिल्लीमा कर्फ्यू

काठमाडौं । ओमिक्रोनको संक्रमण बढ्दै गएपछि भारतको दिल्ली सरकारले कर्फ्यू लागू गरेको छ ।

दिल्ली सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाएको हो । दिल्लीमा ७९ जनामा ​​ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

दिल्लीको स्वास्थ्य विभागका अनुसार भारतको राजधानी दिल्लीमा २९० नयाँ कोरोना संक्रमित भेटिएका छन् । दिल्लीमा अहिले सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार १ सय ३ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *