विश्व

भारतको उत्तर र मध्यप्रदेशमा कर्फ्यू घोषणा

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न नदिन भारतको उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

उत्तर प्रदेशमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । कर्फ्यू अवधिभर विवाह र सामाजिक कार्यमा २ सय जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । यसअघि विहिबार मध्यप्रदेशमा पनि रात्रीकालिन कफर््यू घोषणा गरिएको थियो ।

मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका संक्रमित नभेटिएको भएपनि भारतमा भने अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *