विश्व

भारतद्वारा व्यालेष्टिक मिसाइलको सफल परीक्षण

एजेन्सी । भारतले नयाँ पुस्ताको आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको दाबी गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार मिसाइल परीक्षण भारतको पूर्वी राज्य ओडिशाको अब्दुल कलाम टापु तटमा बिहान ११ बजेर ६ मिनेटमा गरिएको हो ।

अग्नि पी एक दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलेन्ट ब्यालिस्टिक मिसाइल भएको र जसमा डुअल रिडन्डन्ट नेभिगेसन र मार्गदर्शन प्रणाली रहेको मन्त्रालयको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *