विश्व

पाकिस्तानको कराँचीमा शक्तिशाली बम विस्फोट, १४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कराँचीमा दुई शक्तिशाली विस्फोटमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको छ ।

विस्फोट कराँचीस्थित शेरशाह क्षेत्रको पराचा चोकमा दिउँसो १ः३० बजे भएको थियो ।

विस्फोटमा एक भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *