भारत । भारतीय किसानले एकवर्षअघि शुरु गरेको आन्दोलन अन्त्य भएको छ ।
कृषि कानुन फिर्ता भएको र बाँकी माग पनि पूरा हुने विश्वास देखिएको भन्दै संयुक्त किसान मोर्चाले किसान आन्दोलन समाप्त गर्ने घोषणा गरेको हो ।
भारतको राजधानी दिल्लीको सिमानामा एक वर्षभन्दा लामो समयदेखि आन्दोलनरत किसान आगामी शनिबारदेखि किसानहरूले घर फर्कने भएका हुन् ।
संयुक्त किसान मोर्चाले आन्दोलन स्थगन गरिएको घोषणा गर्दै प्रत्येक महिनाको स्थितिको समीक्षा गरिने स्पष्ट गरेको छ। माघ १ गते पहिलो समीक्षा बैठक बस्नेछ।




