काठमाडौं । भारतमा ओमिक्रोन संक्रमितको संख्या २३ पुगेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार महाराष्ट्रका दुईजनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।
आइतबार एकैदिन जयपुरमा एकै परिवारका ९ जनामा ओमिक्रोन पुष्टि भएको थियो भने आइतबार नै दिल्लीमा समेत एक संक्रमित भेटिएका थिए । भारतमा संक्रमितको संख्या बढ्न थालेपछि नेपाल–भारत सिमानाकामा कडाई शुरु गरिएको छ ।




