काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित थपिन थालेका छन् ।
भारतको जयपुरमा दक्षिण अफ्रिका भ्रमणमा गएर फर्किएका एकैपरिवारका ९ जनामा ओमिक्रोन भेटिएको टाइम्स अफ इण्डियाले समाचार लेखेको छ ।
समाचारअनुसार भारतको राजधानी दिल्लीमा समेत आइतबार एकजनामा संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा ८ जनामा, मुम्बईमा एकै परिवारका ६ जनासहित ७ जना, कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।
समाचारअनुासर भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ।




