काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमित देखिएपछि अस्ट्रेलियाले अझै केही दिन अन्तर्राष्ट्रिय सीमानाका खुला नगर्ने निर्णय गरेको छ ।
बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने अष्ट्रेलियाले नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएको भन्दै केहीदिन सीमानाका नखोल्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री स्कट मरिसनले दुई साता नयाँ भेरियन्टबारे अनुसन्धान गर्ने भन्दै तत्काल सीमानाका नखोल्ने बताएका हुन् । अष्ट्रेलियाको पछिल्लो निर्णयले नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु प्रभावित बनेका छन् ।




