काठमाडौं । नेदरल्याण्डमा समेत कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमित भेटिएका छन् ।
दक्षिण अफ्रिकाबाट फर्किएका १३ जनामा नयाँ भेरियन्ट पुष्टि भएको रोयटर्सले समाचार लेखेको छ । शुक्रबार दुई विमानबाट फर्किएका उनीहरुमा संक्रमण देखिएको समाचारमा जनाइएको छ । यसअघि विश्वका १० देशमा नयाँ भेरियन्टका संक्रमित भेटिएका छन् ।
भारतसहित, अमेरिका, अष्ट्रेलिया र वेलायतसहितका देशहरुमा ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका हुन् ।




