विश्व

कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु

साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।

खानीभित्र फँसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *