काठमाडौं । भारतको दिल्ली सरकारले एकसाताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
वायु प्रदूषणको मात्रा उच्च भएपछि मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वमा रहेको सरकारले विद्यालय बन्द गर्न निदेशन दिएको हो । सरकारले अनलाइन कक्षा सञ्चालन गर्न भनेको छ भने दिल्लीका सरकारी कर्मचारीहरूलाई समेत एकसाता घरबाटै काम गर्न भनिएको छ ।
एकसातासम्म सबै निर्माणका काम बन्द गर्न निर्देशन दिएको दिल्ली सरकारले लकडाउन गर्नेबारेमा समेत छलफल गरेको छ । भारतमा प्रदुषण बढेपछि भारतको सर्वोच्च अदालतले लकडाउन गर्न सुझाव दिएको थियो ।




