विश्व

भारतको मणिपुरमा विद्रोही समुहले थापेको एम्बुसमा परेर कर्णेलसहित ७ जनाको मृत्यु

काठमाडौं । भारतको मणिपुरमा विद्रोही समूहले थापेको धरापमा परी आसाम राइफलका कर्णेलसहित ७ जनाको मृत्यु छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शनिबार बिहान ११ बजे आसपासमा विद्रोहीले थापेको धरापमा आसाम राइफल्सका कमान्डिङ अफिसर कर्नेल विप्लब त्रिपाठीसहित ७ जना मारिएका हुन् ।

म्यानमारसँग सीमा जोडिएको भारतको मणिपुरको चुराचन्दपुर जिल्लामा थापिएको धरापमा परी सेनाका कर्नेल, उनकी श्रीमती, छोरा र अन्य ४ सैनिक जवान गरी ७ जनाको मृत्यु भएको हो ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । भने गृहमन्त्री राजनाथ सिंहले घटनामा संलग्नलाई कारबाही गर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *