विश्व

अफगानिस्तानमा फेरी बम विस्फोट, ६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबूलमा भएको बम विस्फोटमा परेर कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार शिया मुश्लिम समुदायको बसोबास रहेको क्षेत्रमा बम विस्फोट भएको हो । तालिवानी सरकारले घटना भएको भएपनि मृत्युका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तर नाम नबताउने सर्तमा तालिवानी एक अधिकारीले बम विस्पोट भएको र कम्तिमा पनि ६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार कम्तिमा ७ जना घाइते भएका छन् । काबूलको दक्षिणतर्फ रहेको स्थानमा यसअघि समेत आइएसले आक्रमण गर्दै आएको भएपनि शनिबारको विस्फोटको जिम्मा भने कसैले लिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *