विश्व

अमेरिकी र चिनिया राष्ट्रपतिका बिचमा भर्चुचल संवाद हुने निश्चित

काठमाडौं । चिनिया राष्ट्रपति र अमेरिकी राष्ट्रपतिका बिचमा भर्चुअल संवाद हुने भएको छ ।

अमेरिकी सञ्चारसंस्था सिएनएनका अनुसार आगामी साता चिनिया राष्ट्रपति सि चिन फिङ र अमेरिकी राष्ट्रपति जो वाइडेनका बिचमा छलफल हुने भएको हो । सिएनएनका अनुसार राष्ट्रपति वाइडेन निर्वाचित भएपछि दोस्रोपटक दुई नेताका बिचमा छलफल हुन लागेको हो ।

आगामी साताका लागि संवाद तय भएको भएपनि मिति भने सार्वजनिक भइसकेको छैन । चिनिया राष्ट्रपति सिले अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताएको समाचारमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *