काठमाडौं । जापानका प्रधानमन्त्री फुमिदो किशिदा फेरी प्रधानमन्त्री निर्वाचित भएका छन् । बुधबार भएको जापनी संसदमा भएको मतदानबाट किशिदा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
संसदीय चुनावमा सत्तारुढ पार्टीबाट भारी बहुमत प्राप्त गरेसँगै किशिदा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन् । गत महिना पूर्व प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिएपछि किशिदा जापानको प्रधानमन्त्री नियुक्त भएका थिए ।




