काठमाडौं । बंङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ ।
ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो । राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल आलमको इजलाशले फैसला सुनाएको हो ।
पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पद्मा नाम रहेको बैंकबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको विविसीले समाचार लेखेको छ।




