विश्व

श्रीलंकामा वर्षाका कारण ११ को मृत्यु

काठमाडौं । श्रीलङ्कामा परेको भिषण वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

विपद् व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ । केन्द्रले दिएको जानकारीअनुसार वर्षाका कारण ७ हजार मानिस प्रभावित भएका छन् ।

श्रीलंकामा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेको त्यहाँको मौसम विभाग जनाएको छ । विभागले राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *