विश्व

चीनको राजधानीमा भारी हिमपात, १० वर्षयताकै कम तापक्रम हुनसक्ने अनुमान

काठमाडौं । चीनको राजधानी बेइजिङमा भारी हिमपात भएको छ ।

शनिबारदेखि शुरु भएको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बेइजिङमा सामान्य हिमपात सुरु हुनभन्दा करिब एक महिना पहिले नै हिमपात भएको जनाइएको छ । हिमपातकै कारण बेइजिङको तापक्रम १० वर्ष यताकै न्यून हुन सक्ने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *