काठमाडौं । अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा कम्तीमा ८ जना मानिसको मृत्यु भएको छ । विविसीका अनुसार भागदौडका क्रममा कैयौँ घाइते भएका छन् ।
ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको विविसीले समाचार लेखेको छ । समाचार अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भएको हो । करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो ।




