काठमाडौं । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण अत्यधिक बढेको छ । दिपावलीका दिन पड्काइएको पटाकाको धुँवा लगाएतका कारणले हावामा धुवाँको मात्रा बढेको हो ।
दिल्लीको वायुको गुणस्तर निकै खतरनाक तहमा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । भारतमा दिल्लीका छिमेकी राज्यका किसानहरुले बालीका नल तथा भुससहितका सामग्री जलाउँदा समेत वायु प्रदुषण हुने गरेको छ ।
धुलोका मसिना कणहरु, पिएम २ दशमलव ५ को मात्रा दिल्लीको वायुमण्डलमा अधिकतम ९९९ प्रतिघनमिटरसम्म पुगेको छ । वायुमण्डलमा पिएम २ दशमलव ५ को मात्रा शून्यदेखि ५० सम्म हुनुलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक मानिने गरिन्छ । १०० भन्दा माथि भने स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।




