काठमाडौं । चीन र उत्तर कोरियाबिचको रेल ढुवानी सेवा पुनः शुरु भएको छ ।
दुवै देशले महामारी व्यापार अन्त्यको घोषणा गर्दै सोमबारदेखि रेल ढुवानी पुनः सञ्चालन गरेका हुन् ।
कोरोना महामारी शुरु भएपछि उत्तर कोरियाले चीनसँगको व्यापार समेत बन्द गरेको थियो । रेसेवा शुरु भएपछि आर्थिक मन्दीका कारण खाद्य संकट सामना गरिरहेको उत्तर कोरियामा चीनले सहयता सामग्री पठाउने जनाइएको छ ।




