विश्व

अमेरिकाको भर्जिनियामा रिपब्लिकन गभर्नर विजयी, बाइडेनलाई धक्का

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यको गभर्नर पदमा रिपब्लिकन पार्टीका ग्लेन योंगकिन विजयी भएका छन् ।

योंगकिनले डेमोक्रेट पार्टीका उम्मेदवार टेरी म्याकअउलिफलाई पराजित गरेका हुन् । भर्जिनियामा डेमोक्रेट पार्टीको यो हारलाई ठुलो धक्काको रुपमा हेरिएको छ । यस राज्यमा गतबर्ष मात्र भएको राष्ट्रपति निर्वाचनमा जो बाइडेनले १० प्रतिशतको फरकले जितेका थिए ।

त्यस्तै भर्जिनियामा २००९ पछि पहिलो पटक रिपब्लिकनबात गभर्नर चुनिएका छन् । निर्वाचनमा विजयी निश्चित भएपछि योंगकिनले आफ्नो प्रमुख काम शिक्षा क्षेत्रमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पछिल्लो समय राष्ट्रपति बाइडेनको आर्थिक नीति, अफगानिस्तान प्रकरणका कारण लोकप्रियतामा कमि आएको कारण यसको असर यो निर्वाचनमा परेको अमेरिकी मिडियाले विश्लेषण गरेका छन् ।

भर्जिनियाको यस जितले रिपब्लिकनलाई २०२४ को राष्ट्रपति निर्वाचनमा फाइदा हुने विश्लेषण गर्न थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *