विश्व

सडक दुर्घटनामा १९ जनाको मृत्यु, कैयौँ घाइते

एकरा । घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो ।
मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *