विश्व

खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला

खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुल्ला गरिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुल्ला गरिएको हो ।

पर्यटकहरूलाई खुल्ला गरिएसँगै महामारीका कारण सङ्कटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीहरू खुशी भएको समाचारमा जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *