काठमाडौं । अमेरिकाले ताइवानलाई कोरोनाविरुद्धको १५ लाख डोज खोप सहयोग गरेको छ ।
ताइवानका कारण चीनसँग सम्बन्ध चिसिएका बेला अमेरिकाले ताइवानलाई मोडेर्ना खोप सहयोग गरेको हो । यसअघि समेत अमेरिकाले ताइवानलाई खोप सहयोग गरेको थियो ।
अमेरिकाले चीनका कारण ताइवानका जनताले खोप पाउन नसकेको आरोप लगाउँदै आएको छ । तर चीनले भने आरोपको अस्वीकार गर्दै आएको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।




