विश्व

फ्रान्स र बेलायतका नेताहरू मत्स्य विवादको शीघ्र निरूपण गर्न सहमत

रोम । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतवार ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न “व्यावहारिक र परिचालन उपायहरू” मा काम गर्न सहमत भएका छन् ।

म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी २० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए । सो अवसरमा दुई नेताहरू “जति सक्दो चाँडो” ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *