शिक्षा / स्वास्थ्य

पूर्ण खोप लगाएका व्यक्तिबाट पनि कोभिड सर्छ -अनुसन्धान

लन्डन । वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ । तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै सर्नबाट बच्न खोप आफैमा पर्याप्त नभएको हाम्रो अध्ययनले देखाएको छ ।’

द लान्सिट इन्फेक्सियस डिजिज जर्नलमा अध्ययन प्रकाशित छ । सन् २०२० को सेप्टेम्बरदेखि सन् २०२१ को सेप्टेम्बरको अवधिमा गरिएको सो अध्ययनमा ६२१ जनालाई सहभागी गराइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *