काठमाडौं । बेलायती महारानी ग्लाग्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी नहुने भएकी छन् ।
विविसीका अनुसार महारानीको स्वास्थ्यका कारण सम्मेलनमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ । ९५ वर्षीय महारानी एलिजावेथ सम्मेलनमा सहभागी नहुने भएपनि भिडियो रेकर्डमार्फत सम्बोधन भने गर्ने विविसीले जनाएको छ ।
विविसीका अनुसार महारानी एलिजावेथलाई आराम गर्न किचित्सकहरुले सल्लाह दिएका छन् । बकिघंम दरबारलाई उद्धृत गर्दै विविसीले स्वास्थ्यमा समस्या आएका कारण सहभागी नहुने निर्णय गरेको जानकारी दिएको छ ।




