विश्व

अमेरिकीसहित १० देशका राजदुत फिर्ता गर्ने टर्कीको निर्णय

काठमाडौं । टर्कीले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने कदम चालेको छ ।

राष्ट्रपति रेजेप ताइयिप एर्दोआनको कूटनीतिक भाषामा ‘पर्सना नन ग्राटा’ भनिने आदेशपछि टर्कीले राजदूतलाई सम्बन्धित देशमै फिर्ता पठाउन सक्छ।

चार वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरूको वक्तव्य आएपछि उक्त कदम चालिएको हो।

अघिल्लो साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतावासहरूबाट कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *