विश्व

चिलीमा कोभिड संक्रमित बढेको बढ्यै

चिलीमा कोरोनाभाईरस संक्रमितको संख्या फेरी बढेको छ । आईतबार चिलीमा २ हजार ५६ जना नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘पछिल्लो समयमा चिलीमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । कोभिड महामारीप्रति हामी निकै चिन्तित छौं,’ चिलीका स्वास्थ्यमन्त्री इनिरिक्व पेरिसले भने ।

सरकारले खोप नलगाएका व्यक्तिलाई तत्काल लगाउन निर्देशन दिएको छ । चिलीमा अहिलेसम्म कोभिडबाट १६ लाख ८० हजार मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । चिलीमा कोभिडबाट अहिलेसम्म ३७ हजार ६६२ जनाको मृत्यु भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *