विश्व

पाकिस्तानमा भएको प्रदर्शनमा तीन प्रहरीको मृत्यु

पाकिस्तान । पाकिस्तानको पूर्वी सहर लाहोरमा भएको प्रदर्शनमा तीनजना प्रहरीको मृत्यु भएको छ । दुई समूहबीच भएको प्रदर्शनमा प्रहरीको मृत्यु भएको हो ।

प्रहरीको मृत्यु भएपछि लाहोरमा शनिबार इन्टरनेट र यातायात सेवा बन्द गरिएको छ। तहरिक ए लब्बैक पाकिस्तानका प्रदर्शनकारी र प्रहरीबीच शुक्रबार लाहोरमा प्रदर्शनको क्रममा झडप भएको थियो ।

प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *