विश्व

साउदी अरेबियाले कार्बन उत्सर्जन शून्यमा झार्ने

एजेन्सी । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।

COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो ।

‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ,’ युवराज मोहम्मद बिन सलमानले ‘साउदी ग्रीन इनिसिएटिभ’ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *