काठमाडौं । यूरोपेली संघले अफगानिस्तानका लागि १ अर्ब २० करोड सहायो गर्ने घोषणा गरेको छ ।
अफगानिस्तानमा देखिएको मानवीय संकटलाई सम्बोधन गर्न जी–२० राष्ट्रका नेताहरुको भर्चुअल बैठकमा यूरोपेली आयोगका प्रमुख उर्सुला भोन देर लेएनले अफगानिस्तानका लागि सहयोग प्याकेज घोषणा गरेका हुन् ।
अफगानिस्तानमा काम गरिरहेका संस्थाहरुलाई रकम उपलब्ध हुनेछ । सहयोग रकम तालिबान सरकारलाई दिइने नभएको बताइएको छ ।




