विश्व

ताइवानमा रहेका अमेरिकी सेना फिर्ता गर्न चीनको चेतावनी

काठमाडौं । ताइवानमा रहेका भनिएका अमेरिकी सेना तत्काल हटाउन चीनले अमेरिकालाई चेतावनी दिएको छ ।

अमेरिकाले आफ्ना सेना एक वर्षसम्मको लागि तैनाथ गरेको समाचार सार्वजनिक भएपछि चीनले अमेरिकासँग स्पष्टीकरण माग गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले ताइवानमा आफ्नो बल तैनाथ गर्नुअघि अमेरिकाले ‘उच्च संवेदनशीलता’ अपनाउनुपर्ने बताएका छन् ।
चिनिया विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकाले अटेर गरेर सेना तैनाथी कायमै राखे चीनले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न आवश्यक पर्ने सबै कदम उठाउने चेतावनी दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *