विश्व

कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको मृत्यु

काठमाडौँ ।कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य ६९ जना हराइरहेका छन् । अफ्रिकाकै ठूलोमध्येको एक कंगो नदीमा आज उक्त दुर्घटना भएको हो । उत्तरपश्चिम प्रान्त मोंगलास्थित नदीमा पुरानो काठको डुंगामा धेरै संख्यामा यात्रु भएकाले पल्टिएको हुनसक्ने बताइएको छ ।

यद्यपि दुर्घटनाको यकिन कारणबारे भने खुलेको छैन् । ३९ जनाको भने जीवीतै उद्वार गरिएको अधिकारीहरुले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *